जिल्ला वन कार्यालय, सल्यानमा  यहाँहरुलाई स्वागत छ ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

सल्यान जिल्ला वन क्षेत्रको परिचय

सल्यान जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलका पाँचवटा जिल्ला मध्येको एक पहाडी जिल्ला हो । यो जिल्ला २८० ३१” देखि २८० ५३” उत्तरी अक्षांश र ८२० ०” देखि ८२०४६” सम्म पूर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १९५१७८ हेक्टर (१९५१.७८) वर्ग कि.मी.) रहेको छ । सल्यान जिल्लालाई भौगोलिक स्वरुप अनुसार तीन भागमा विभाजन गरिएको छ । राजनीतिक हिसावले यस जिल्लालाई र्२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका, ४० वटा गाउँ विकास समितिहरु १ नगरपालिका र ३७५ वटा वडाहरुमा विभाजन गरिएको छ । यो जिल्ला खासगरि समशितोष्ण खालको जलवायु, फलफूल, तरकारी, अदुवा र जडिबुटी उत्पादनको हिसाबले परिचित छ ।


वि.सं. २०४० सालमा जिल्ला वन कार्यालय सल्यानको स्थापना हुनभन्दा पहिले राप्ति वन डिभिजन कार्यालयबाट यस जिल्लामा वन संरक्षण तथा व्यवस्थापनका कार्यसंचालन हुदै आएको थियो । २०४० सालमा वनको संगठनलाई विकेन्द्रिकरण गर्न जिल्ला वन कार्यालय स्थापना गरी १ वटा ईलाका तथा ८ वटा रेञ्जपोष्ट स्थापना गरी वनको संरक्षण संवर्धन तथा सदुपयोगका कार्यहरु संञ्चालनमा रहेकोमा २०७० सालमा आएर १ वटा सेक्टर वन कार्यालय तथा ८ वटा इलाका वन कार्यालयहरुबाट वनको कार्यक्रम कार्यान्वयन गरिदै आएको छ ।


हावापानी ः विविध भौगोलिक बनावट भएको कारण सल्यान जिल्लाको हावापानीमा पनि विविधता पाईन्छ । जलवायुको विविधताको कारणले गर्दा यो जिल्ला जैविक विविधताको हिसावले पनि निकै धनी रहेको छ । यस जिल्लाको हिउदको औसत तापक्रम ३००से. देखि २८०से.र गर्मीमा १४०से.देखि ३१०से.सम्म रहन्छ । सल्यान जिल्लाको हावापानी समशितोष्ण बढी र शितोष्ण गरि मिश्रित किसिमको रहेकोछ । यहां गर्मीमा धेरै गर्मी हुदैन भने जाडोमा पनि त्यती जाडो हुदैन । तसर्थ हावा पानीको दृष्टीकोणले यो जिल्ला उपयुक्त रहेको छ । यहाँको बार्षिक औषत वर्षा १११० मिलि लिटर हुने गर्दछ । यस जिल्लाको सबै भन्दा बढी बर्षा हुने ठाउँ कपुरकोट हो भने सबै भन्दा गर्मि हुने ठाउँ सल्लीबजार हो ।अन्यत्र जस्तै यहाँ पनि चैत र वैशाख महिनामा खडेरी पर्दछ, सोही बखत वनजंगलमा डढेलो लाग्ने गर्दछ ।सल्यान जिल्लाको हावापानी उपोष्ण, समशितोष्ण र शितोष्ण रुपमा पाईन्छ ।

पुरा पढनलाई डाउनलोड गर्नुहोस ।